१४ भाद्र २०८३, आईतवार
,
Latest
‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोट वार्ता : एमाले गठबन्धनले आजै ४ बजे सरकारको दाबी गर्ने



अ+ अ-

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन टुटेपछि बनेको अर्को पाँच दलीय गठबन्धनले आजै सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ ।

सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति पद दुवै नछाड्ने अडान लिएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनबाट बाहिरिँदै सोझै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।

बालकोटमा अहिले एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी ९जसपा० का शीर्ष नेताहरुबीच सरकारको नेतृत्व दावी गर्नेबारे छलफल भइरहेको छ ।

एमाले र माओवादी केन्द्रले आज बिहानेदेखि सत्ता समीकरणका लागि माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आन्तरिक तयारी गरेका थिए । पेरिसडाँडामा माओवादी नेताहरू वर्षमान पुन, देवेन्द्र पौडेललगायतका नेताहरू र एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरू आन्तरिक तयारीमा जुटेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमतसहित आज साँझ ५ बजेसम्मका लागि समयसीमा तोक्दै आह्वान गरिसक्नुभएको छ । बालकोट बैठकले आजै ४ बजे सरकारको नेतृत्वसहित जाने तयारी गरेको छ ।

संसद्मा एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४ र जसपाको १२ सिट रहेको छ । प्रतिनिधिसभामा कुल २७५ सिटमध्ये पाँच दलको १५६ सिट पुग्छ । यो बहुमतको सरकार ९१३८ सिट आवश्यक० बनाउन पर्याप्त सिट संख्या हो ।