२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

एक हप्ताका लागि निषेधाज्ञा थप

एक हप्ताका लागि निषेधाज्ञा थप
अ अ+ अ-

चितवन । जिल्लामा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै रहनाका साथै  साथै  डेल्टा भेरियन्टसमेत बिरामीमा देखिएकाले जिल्ला प्रशासन कार्यालयले जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज राति १२ बजेदेखि लागू हुनेगरी साउन १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाइएको छ । 

कोरोना भाइरसको सङ्क्रमण उच्च रहेका कारण जिल्लामा गत वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसीएमसी०को सिफारिसमा प्रमुख जिल्ला अधिकारीले आज आदेश जारी गर्दै जिल्लामा निषेधाज्ञा थप गर्नुभएको हो । 

निषेधाज्ञाका समयमा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्नका लागि मापदण्ड तयार गर्नाका साथै अघिल्लो निषेधाज्ञाका बेला लागू गरिएको  नियम पालना गर्न भनिएको छ । स्थानीय मार्गमा सञ्चालन हुने सवारीसाधन जोरबिजोर नम्बरमा चल्नुपर्ने, सिट क्षमताअनुसार मात्रै यात्रु राख्नुपर्ने, सवारीसाधनलाई दैनिक निसङ्क्रमण गर्नुपर्ने आदेशमा जनाइएको छ । 

क्याम्पसले लिने परीक्षा तथा प्रवेश परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, परीक्षा सञ्चालन गर्दा एउटा कोठामा २५भन्दा बढी परीक्षार्थी राख्न नपाइने, एउटा बेञ्चमा एक विद्यार्थी मात्रै राख्नुपर्ने, विद्यार्थीको भौतिक दूरी कायम गराउनुपर्ने, तथा कोभिड सङ्क्रमित विद्यार्थीलाई परीक्षा शुरु भएको ३० मिनेटपछि मात्रै परीक्षामा सहभागी गराउनुपर्ने र ३० मिनेटपछि मात्रै परीक्षार्थीलाई कोठाबाट बाहिर निस्कन दिनुपर्ने आदेशमा भानिएको छ । रासस