१३ पुष २०८१, शनिबार
,
Latest
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै तेह्र दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प सुदूरपश्चिमको प्रसिद्ध राजकाँडा जालपादेवी, तीर्थसँगै प्राकृतिक सुन्दरतासँग मिलन (फोटो फिचर) बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल पशुपतिको सुनको जलहरीमा भ्रष्टाचार पुष्टि भएन बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न सरकारले दिँदैनः पर्यटनमन्त्री पाण्डे एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउनुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड बालकोटमा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा नयाँ सरकार र शक्ति बाँडफाँटका विषयमा कुनै सहमति हुननसकेपछि बाहिरिनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न ओली निवास बालकोट पुग्नुभएको छ ।

यसअघि बालुवाटारमा सहमति हुननसकेपछि उहाँ नयाँ सरकारको नेतृत्वका लागि नेकपा (एमाले) को समर्थन खोज्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट जानु भएको हो । बालकोटमा माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु पनि हुनुहुन्छ ।

यसअघि नेपाली कांग्रेसले सरकारको नेतृत्व माओवादीलाई दिन नसक्ने स्पष्ट सन्देश दिइसकेको छ । प्रधानमन्त्री देउवाको सन्देश लिएर आज बिहान माओवादी केन्द्रका प्रचण्डलाई भेट्नु पुग्नु भएका कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने सन्देश दिनुभएको थियो ।

निधिसँगको छलफलपछि अध्यक्ष प्रचण्डले कांग्रेसको प्रस्ताव आफूलाई स्वीकार्य नभएको सन्देश देउवालाई पठाउनु भएको काग्रेसका एक नेताले जानकारी दिनुभयो ।

त्यसपछि सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ छलफल भएको थियो तर कुनै निष्कर्ष निस्किएको थिएन ।

सत्ता गठबन्धनमा सहमति हुन नसकेको परिस्थितिमा कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग पनि छलफल जारी राखेको बताइएको छ । कांग्रेस नेता विमलेन्द्र निधिले शनिबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुभएको थियो ।