• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   ७ सदस्यीय ‘संसदीय छानबिन विशेष समिति’ गठन, तीन महिनाको समय निर्धारण ★   स्वास्थ्यमा सुधार नआएपछि कैलाश सिरोहियालाई काठमाडौँ ल्याउने तयारी ★   मेरो र आफ्नो मान्छे खोज्ने परिपाटीको अन्त्य हुनुपर्छ: उपाध्यक्ष शाक्य ★   संसदीय छानबिन समितिको टीओआर प्रधानमन्त्रीलाई हस्तान्तरण ★   टीओआरमा ४ बुँदे सहमति (पूर्णपाठसहित) ★   टीओआरमा चार बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो

बालुवाटार छाडेर बालकोट हिँडे प्रचण्ड



काठमाडौँ । शक्ति बाँडाफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकपछि बाहिरिनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल चलिरहेका बेला उहाँ बाहिरिनुभएको हो ।

प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गर्नुभएको हो ।

बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिनुभएको थियो । उहाँ सिधै ओलीसँग छलफल गर्न बालकोट लाग्नुभएको स्रोतले बतायो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा दिनुभएको छ । सोही समयभित्रै सहमति जुटाउने प्रयासमा गठबन्धनका नेताहरु सक्रिय छन् ।

यसअघि सरकारको नेतृत्वलाई लिएर अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच ‘वान टु वान’ वार्तासमेत भएको थियो ।