५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने/नहुनेबारे संसदीय दलमा छलफल गर्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय गर्न संसदीय दलको बैठक बोलाएको छ ।

सो पार्टीको संसदीय दलको बैठक आज दिउँसो १ बजे बसुन्धरामा बस्न लागेको हो । बैठकमा संसदीय दलको विधान मस्यौदा र नयाँ सरकार गठनका साथै समसामयिक विषयमा धारणा बनाउने बताइएको छ ।

पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार बैठकमा सरकारमा सहभागी हुने वा नहुनेबारे छलफल हुनेछ । पार्टी अध्यक्ष रवि लामिछाने सरकारमा सहभागी हुने पक्षमा हुनुहुन्छ । सोही विषयमा औपचारिक निर्णय गर्न बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभामा २० सिट रहेको सो पार्टीलाई सरकारमा सहभागी गराउँदा सत्ता गठबन्धनको स्पष्ट बहुमत नपुगेको अवस्थामा सरकार र संसद्को स्थायीत्वमा सहयोग पुग्ने मत नेपाली कांग्रेसभित्र देखिएको छ ।