१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने/नहुनेबारे संसदीय दलमा छलफल गर्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय गर्न संसदीय दलको बैठक बोलाएको छ ।

सो पार्टीको संसदीय दलको बैठक आज दिउँसो १ बजे बसुन्धरामा बस्न लागेको हो । बैठकमा संसदीय दलको विधान मस्यौदा र नयाँ सरकार गठनका साथै समसामयिक विषयमा धारणा बनाउने बताइएको छ ।

पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार बैठकमा सरकारमा सहभागी हुने वा नहुनेबारे छलफल हुनेछ । पार्टी अध्यक्ष रवि लामिछाने सरकारमा सहभागी हुने पक्षमा हुनुहुन्छ । सोही विषयमा औपचारिक निर्णय गर्न बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभामा २० सिट रहेको सो पार्टीलाई सरकारमा सहभागी गराउँदा सत्ता गठबन्धनको स्पष्ट बहुमत नपुगेको अवस्थामा सरकार र संसद्को स्थायीत्वमा सहयोग पुग्ने मत नेपाली कांग्रेसभित्र देखिएको छ ।