२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको बैठक अघि देउवा र प्रचण्डबीच छुट्टै छलफल हुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै छलफल भइरहेको छ ।

दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै छलफल भइरहेको हो । दुई नेताबीचको छलफल सकिएपछि गठबन्धनको बैठक बस्ने तयारी गरिएको छ । यसअघि नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बालुवाटारमैसरकारको नेतृत्वबारे छुट्टै बैठक बसेको थियो ।

नेपाली कांग्रेसले सरकारको नेतृत्व माओवादीलाई दिन नसक्ने स्पष्ट सन्देश दिइसकेको छ । प्रधानमन्त्री देउवाको सन्देश लिएर आज बिहान माओवादी केन्द्रका प्रचण्डलाई भेट्नु पुग्नु भएका कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने सन्देश दिनुभएको थियो ।

निधिसँगको छलफलपछि अध्यक्ष प्रचण्डले कांग्रेसको प्रस्ताव आफूलाई स्वीकार्य नभएको सन्देश देउवालाई पठाउनु भएको काग्रेसका एक नेताले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दाहालको सन्देश पछि अब गठबन्धन अगाडी जाने सम्भावना झिनो भएको छ, विकल्पमा छलफलहरु सुरु भएको छ ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा दिनुभएको छ । सोही समयभित्रै सहमति जुटाउने प्रयासमा नेताहरु सक्रिय छन् ।

गठबन्धनकै नेतृत्वमा सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् । तर सबैभन्दा पहिला सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा सहमति जुट्न सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २÷२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ ।

सत्ता गठबन्धनमा सहमति हुन नसकेको परिस्थितिमा कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग पनि छलफल जारी राखेको बताइएको छ । कांग्रेस नेता विमलेन्द्र निधिले शनिबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुभएको थियो ।