२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगविरुद्ध महन्थ ठाकुर सर्वोच्च पुगे



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् ।  

आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय रोक्न उनी अदालत गएका हुन् । 

अध्यक्ष ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले शुक्रबार सर्वोच्चमा दायर गरेको रिटमा जसपा विवाद निरुपणको क्रममा साउन ११ गते बहुमत परीक्षण गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।

जसपा नेपालको हेरफेरसहितको केन्द्रीय कार्यकारिणी समितिलाई अध्यावधिक नगरी विवाद निरुपणको प्रक्रिया अगाडि बढाउँदा हेरफेरबाट थपिएका सदस्यहरूको अधिकार खोसिने समेत रिटमा उल्लेख गरिएको छ । 

यस्तै अन्तिम किनारा नलागेसम्म सो निर्णय कार्यन्वयन नगराउन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश माग गरिएको छ ।