१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

काँग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्छ भन्ने छैनः काँग्रेस सांसद पौडेल

काँग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्छ भन्ने छैनः काँग्रेस सांसद पौडेल
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसदहरुले नयाँ सरकार काँग्रेसकै नेतृत्वमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् ।.

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सांसदहरुले जनतासँग मत माग्न जाँदा देशको नेतृत्व नेपाली काँग्रेसले नै गर्छ भनेर मत मागेको भन्दै जनतासँगको वाचा पूरा गर्नका लागि आगामी नेतृत्व नेपाली काँग्रेसले नै गर्नुपर्नेमा जोड दिएको बताए ।

उनीहरुले नेपाली काँग्रेस वर्तमान अवस्थामा देशकै ठूरो राजनीतिक दल भएकाले गठबन्धन भित्र पनि नेपाली काँग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न जोड दिएको बताए । प्रधानमन्त्रीसँग भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसकी सांसद रमा पौडेलले अबको सरकार नेपाली काँग्रेसकै बन्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।

उहाँले गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वको लागि भएकाले गठबन्धनमा आवद्ध दलहरुले नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बताउनु भयो । उहाँले गठबन्धनले भोलिको लागि भागबण्डा भन्दापनि तत्कालको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्ने बताउनु भयो ।

सांसद पौडेलले भन्नुभयो, ‘अबको गठबन्धन १० वर्षसम्म जान्छ । यो गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वको लागि हो । हामी महिला सांसदहरुले आज प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर हामीले प्रजातान्त्रिक पार्टीले देशको नेतृत्व गरेर स्थायित्व सुशासन दिन्छ भनेर हामीले मत मागेका थियौँ, सबै गठबन्धनका नेताहरुले त्यसलाई पालना गर्नुहोस् भन्ने आग्रह हो । भोलिको भागबण्डा भन्दापनि तत्कालको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्छ भनेर सभापतिलाई भनेका छौँ । उहाँहरुले भोलिसम्मको समयमा मलाई नेतृत्वका लागि दिनुहुन्छ भन्नेमा म विश्वस्त छु ।

जनतामा मत माग्न भनेको कुरा प्रधानमन्त्री पद नेपाली काँग्रेसले पाउनुपर्छ भनेर अरुमा गठबन्धनबीच लिएर जाउँ भन्ने सुझाव हो । काँग्रेसले प्रधानमन्त्री लिएर राष्ट्रपति छोड्नुपर्छ भन्ने छैन । मुख्यमन्त्री, सभामुख लगायतका पदहरु पनि छन् ।’

सांसद पौडेलले नेपाली काँग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्ने भन्ने नरहेको भन्दै यी बाहेकका अन्य उपराष्ट्रपति सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्रीहरुको पदहरुमा गठबन्धनमा आवद्ध दलहरुसँग भागबण्डा हुने बताउनु भयो ।