३० भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीमा १ हजार ३९९ शव फेला, अझै ४ हजार ८९ जना बेपत्ता बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण सुनचाँदीको मूल्य घट्यो जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

युथ फोर्स अखिल फोर्सको औचित्य के छ ? : योगेश भट्टराई



file photo
अ+ अ-

काठमाडौं । एमालेका नेता योगेश भट्टराईले पार्टीमा गठन भएका युथ फोर्स र अखिल फोर्समाथी प्रश्न खडा गरेका छन् । भट्टराईले शनिबार सामाजिक सञ्जालमार्फत  अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले गठन गरेको संगठनको औचित्य नरहेको भन्दै आप्पती समेत जनाएका हुन् ।  

‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?,’ उनले भनेका छन्, ‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्छ।’

एमालेभित्र हालै मात्र गुटगत संगठनहरु निर्माण गर्दै समानान्तरण जनवर्गीय संगठन निर्माण गरेका माधव समूह निकट अनेरास्ववियुले अखिल फोर्स निर्माण गरेको छ । अध्यक्ष ओली पक्षले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको हो । नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ पनि ब्युँताउने तयारी गरेको छ।

पार्टीभित्र यसरी भिन्नभिन्न संगठन निर्माण गरेर समाजमा आतंकको आभास दिएको र युवालाई अराजनीतिकरण तथा अपराधीकरण गर्न उद्दत गरिएको नेता भट्टराईको टिप्पणी छ । 

नेता भट्टराईले यस्ता समूहहरु तत्काल खारेज गर्न अध्यक्ष ओली र नेता माधव नेपाललाई आग्रहसमेत गरेका छन् ।