३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली बालकोटको बार्दलीमा छटपटाइ रहेका छन् : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष् पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी शर्मा ओली अहिले बालकोटको बार्दलीमा छटपटाइ रहेका बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा प्रचण्डले यो छटपटाहट धेरै दिन नटिक्ने समेत बताएका छन् । 

सर्वोच्च अदालतको परमादेश जारी गरेपछि ओली सत्ताबाट पदच्युत भएको इंगित गर्दै उनले भने 'माधवजीले ओलीलाई महाराज भनेर बडो सुन्दर व्यंग्य गर्नु भो। केपी ओली अहिले विक्षीप्त छन्। कहिले बालकोटको बार्दलीमा छटपटाउछन्। उनको यो छटपटाहट धेरै दिन रहन्न।'

ओली केही भक्त हनुमानको भरमा चलेपनि पछि साथ छाड्ने उनको दाबी रह्यो। 'ओलीका हनुमान त्रेता युगका हनुमान त हैनन्। ओलीलाई चिन्न थालेका छन्,' प्रचण्डले भने।