९ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोकिन र चरेश कारोबारमा संलग्न ६ जना पक्राउ



अ+ अ-

काठमाडौँ । अवैध लागू औषध कोकिन र चरेशको कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जना पक्राउ परेका छन ।

नेपाल प्रहरीको लागू औंषध नियन्त्रण व्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कारोबारमा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।

ब्राजिलबाट ल्याइएको ५ केजी ६ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई गत पुस ६ गते पक्राउ गरी लागू औंषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धानको कामलाई अघि बढाइएको ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिनु भयो । प्रहरीले बरामद गरेको कोकिनको बजार मूल्य १२ करोड ९ लाख ६० हजार रहेको पनि जनाएको छ ।

त्यसैगरी ३३ केजी चरेशसहित ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ । गत पुस ४ गते काठमाडौंको चन्द्रागिरी बस्ने वर्ष ६४ का अल्कबहादुर तामाङ, धादिङका २७ वर्षकी स्यानी चेपाङ, सोही ठाउँका चम्पे चेपाङ र ६५ वर्षका भारतीय नागरिक शरप ल्याल्टसेनलाई पक्राउ गरिएको पनि लागू औषध नियन्त्रण व्यूरोले जनाएको छ ।

उनीहरुबाट बरामद गरिएको चरेशको बजार मूल्य १८ लाख १५ हजार रहेको व्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक खनालले बताउनु भयो ।




भर्खरै