२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा ठाकुर समूह र यादव समूहको छुट्टाछुट्टै बैठक बस्दै



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का दुवै अध्यक्ष महन्थ ठाकुर समूह र अर्का अध्यक्ष उपेन्द्र यादव समूहको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ। 

निर्वाचन आयोगले हेड काउन्टरका लागि दुवै पक्षका आयोगमा उपस्थित हुन भनेपछि त्यसको तयारीका लागि दुवै समूहको बैठक छुट्टा छुट्टै बस्न लागेको हो । ठाकुर समूहको बैठक बबरमहलस्थित पार्टी कार्यालयमा १ बजे बस्नेछ भने यादव समूहको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा १२ बजे बस्ने भएको हो ।

 दुवै समूहले आआफ्नो पक्षमा बहुमत पुर्याउनका लागि प्रयास गरिरहेका छन् । हेड काउन्टरका लागि निर्वाचन आयोगले दिएको आदेशको विरुद्ध ठाकुर पक्षले उपेन्द्र यादवलाई समेत विपक्षी बनाई सर्वोच्च अदालतमा हिजो रिट दायर गरेको छ ।