२२ मंसिर २०८२, सोमबार
,
Latest
एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि… मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा अतिक्रमित घर टहरा भत्काउन थालियो



अ+ अ-

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्रङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आजदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर टहरा भत्काउन लागिएको हो ।

डिभिजन सडक कार्यालय चितवनले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८ घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताउनुभयो ।

कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको उहाँको भनाइ छ । घरका टप भत्काउनुपर्नेको सङ्ख्या एक सयभन्दा माथि छ । ती घरको टपबाहेक १० सेन्टिमिटरदेखि १।५ मिटरसम्म भत्काउनुपर्ने पौडेलले जानकारी दिनुभयो ।

सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काइने उहाँले बताउनुभयो । यसअघि ३५ र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेकाले कार्यालय आफैँले भत्काउन लागेको हो ।