• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ?

कञ्चनपुरमा सवारी दुर्घटना बढ्दो



symbolic picture

बेदकोट । कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेका छन् । चालक, पदैलयात्रीलगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले बताउनुभयो ।

“सडकमा हिँड्दा चालक, पैदलयात्रीले ट्राफिक नियमको पालना गर्न लापर्वाही गर्छन्, सवारीसाधन र यात्रुको सडकमा चाप बढ्यो, सडक साँघुरा छन्”, उहाँले भन्नुभयो, “मापसे गरेर गाडी चलाउने गर्दा सडकमा हुने दुर्घटनाका घटना बढ्दै छन् ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई वर्षमा कञ्चनपुरमा एक सय ९० वटा सवारी दुर्घटनाका घटना भएका छन् । जसमा ६८ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा ९३ र आव २०७८/७९ मा ९७ सवारी दुर्घटना भएका थिए । चालु आवको हालसम्म ३३ वटा सवारी दुर्घटना भएका छन् ।

सवारी दुर्घटनामा परेर आव २०७७/७८ मा ३५ र आव २०७८/७९ मा ३३ जनाको मृत्यु भएको थियो । चालु आवमा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । आव २०७७/७८ यता दुई सय २२ मोटरसाइकल दुर्घटनामा परेका छन् ।