१० श्रावण २०८३, आईतवार
,
Latest
त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडोमा आगो, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । सरकारले जाडोमा आगो, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले यस्तो आग्रह गरेको हो ।

पछिल्लो सयम जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरू गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेका छन् ।

तसर्थ, मन्त्रालयले सूचना जारी गर्दै त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरू अपनाउन आग्रह गरेको हो ।

हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न मन्त्रालयले भनेको छ । सकेसम्म कोइला जन्य स्रोतबाट आगो नताप्न समेत मन्त्रालयले सुझाएको छ ।

आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराख्न, आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने, हिटरको प्रयोग गर्दा समय समयमा चलिरहेको हिटरलाई बन्द गर्ने, सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरूममा नबस्न मन्त्रालयको आग्रह छ ।