३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण एशियामा सरकार चलाउन भन्दा गाह्रो क्रिकेट चलाउन छः अध्यक्ष चन्द(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराएको हो । प्रतियोगिताको उपविजेताले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टिमले १० लाख र चौथोले ५ लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ ।

प्रतियोगिताको प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने क्यानले जनाएको छ । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउनेछन् । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता शनिवारबाट शुरु हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरुलाई आत्मनिर्भर बनाउने नियतबाट नेपाल टि २० को आयोजना गरिएकाले लिग पूर्ण रुपमा सफल हुने बताउनु भयो । उहाँले दक्षिण एशियाका देशहरुले लिग सञ्चालन गर्दा धेरै कठिनाइ भोग्नुपर्ने अनुभव आफूले गरेको पनि बताउनु भयो ।

उहाँले व्यक्तिवादी स्वार्थका लागि क्रिकेटमा असर पर्नु दिनु नहुने बताउनु भयो । उहाँले नेपाली क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्व लागेकाले त्यसलाई सफल बन्न दिनु नहुने बताउनु भयो । अध्यक्ष चन्दले दक्षिण एशियामा सरकार चलाउनु भन्दा गाह्रो कुरा क्रिकेट संघ चलाउन छ भन्नेकुरा आफूले अनुभव गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खेलाडीहरुलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर सही नियतले नेपाल टि २० लिग सञ्चालन गर्न भनेर घोषणा गरिएको थियो । एशोसिएट देशले धेरै कठिनाइ भोग्नुपर्ने रहेछ । सबै विदेशी खेलाडी आइसकेका छन्, क्यान तयार छ, यो लिग रोक्नु ठिक छैन, क्रिकेट शुभचिन्तकका लागि । व्यक्तिवादी स्वार्थका लागि क्रिकेटमा असर पर्नु हुँदैन । प्रतियोगिता भोलिदेखि शुरु हुन्छ नै । क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्व लागेको छ, उनीहरुले कुनै निकाय छोडेका छैनन् । दक्षिण एशियामा सरकार चलाउनु भन्दा गाह्रो क्रिकेट चलाउन छ । हो पनि मैले देखिरहेको पनि छु । गुट, उपगुट चिरेर अघि बढ्नुपर्छ ।’

नेपाल टि २० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी रहनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा शनिवार पोखरा एभेन्जर्स र काठमाडौं नाइटसँग प्रतिष्पर्धा गर्नेछ । शनिवार नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ ।