१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी

राजनीतिक गुटबन्दीका कारण चाल्र्स शोभराजको रिहाईमा ढिलाई हुन गएको कानुन व्यवसायीहरुको प्रतिक्रिया(भिडियोसहित)

राजनीतिक गुटबन्दीका कारण चाल्र्स शोभराजको रिहाईमा ढिलाई हुन गएको कानुन व्यवसायीहरुको प्रतिक्रिया(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । कानुन व्यवसायीहरुले ‘सिरियल किलर’ चाल्र्स शोभराजको रिहाईमा ढिलाई भएको बताएका छन ।

सर्वोच्च अदालतको फैसलासँगै केन्द्रिय कारगारबाट थुनामुक्त भई शुक्रबार अध्यागमन विभागको जिम्मा लगाइएका शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको छ । यसैबीच, शोभराजको पक्षमा वकालत गर्दै आउनु भएकी कानुन व्यवसायी निहिता विश्वासले राजनीतिक गुटबन्दीका कारण उनको रिहाईमा ५ वर्ष ढिलाई हुन गएको बताउनु भयो ।

उहाँले अध्यादेश ल्याउने र आफ्ना मान्छेलाई मात्रै कारगारबाट छुटाउन खोज्ने राजनीतिक खिचातानीको मारमा पनि शोभराज पर्न गएको जिकीर समेत गर्नु भयो । कानुन व्यवसायी विश्वासले मुटुको रोग लागेका शोभराज कारगार भित्रै निधन हुने देखेपछि पनि अदालतले उनलाई रिहा गर्ने निर्णय लिएको तर्क समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘मिडियाको कारणले गर्दाखेरी कोर्टलाई डिजिसन मेकिङका लागि एकदमै प्रेसराईज भएको थियो । यो प्रोसेस चाँही फाईव इयर पहिले नै टुंगिनु पर्दथ्यो । प्रशासनि ढिलासुस्ती र सरकार तथा राजनीतिक दलहरुको खिचातानीको कारणले यो प्रक्रियामा लम्विन गयो । राजनीतिक दलहरुले आ–आफ्नो मान्छेलाई मात्रै निकाल्न खोजेकाले पनि यो प्रक्रियामा ढिलाई हुन गयो ।’

‘अध्यादेश ल्याउने र आफ्नो मान्छे मात्रै छुटाउन खोज्दा चाल्र्स शोभराज मात्र नभई अन्य कैदीबन्दीहरु त्यसका मारमा परेका छन । यो पाली सुप्रिय कोर्टमा पनि राम्रो साहस देखाएको छ । मुटुको रोग लागेर उनको निधन हुने भएको कारणले यी सबै विषयबस्तुलाई पनि ध्यानमा राखेर सर्वोच्च अदालतले यो फैसला गरेको छ । उनलाई फ्रान्स नै पठाउने फैसला गरिएको छ । सुरक्षा चुनौतिलाई ध्यानमा राखेर उनलाई आजै राति फ्रान्स पठाउने तयारी हामीले गरेका छौं ।’

यसैबीच, वरिष्ठ अधिवक्ता रामबन्धु शर्माले शोभराजलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेश सराहनीय रहेको बताउनु भएको छ । शोभराजको पक्षमा वकालत गर्दै आउनु भएका उहाँले शोभराजको रिहा गर्ने सर्वोच्च अदालतको फैसलाले मानव अधिकारको सम्मान गरेको र उनी स्वयम्ले पनि न्याय पाएको प्रतिक्रिया दिनु भयो ।

वरिष्ठ अधिवक्ता शर्माले भन्नु भयो, ‘सर्वोच्च अदालतको जुन आदेश भयो । यो सराहनीय छ । र, यो आदेशबाट मानव अधिकारको सम्मान भएको छ । ढिलै भएपनि न्याय पाएको छन् चाल्र्स शोभराजले ।’

अध्यागमन विभागले आजै शोभराजलाई फेरी नेपाल फर्कन नपाउने गरी फ्रान्स पठाउने छ । अध्यागमन विभागमा पुग्नु भएकी कानुन व्यवसायी विश्वासले आज राति नै शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको स्पष्ट पार्नु भयो ।