• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

एन्फाप्रति अन्जन विष्टको आक्रोश– तपाईंहरुलाई खेलाडीको चिन्ता लाग्दैन ?



काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अन्जन विष्टले घरेलु लिग संचालनमा भइरहेको ढिलासुस्तीलाई लिएर आफ्नो आक्रोश व्यक्त गरेका छन्।

सामाजिक संजाल फेसबुकमा उनले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई सम्बोधन गर्दै आफ्नो निराशा व्यक्त गरेका छन्। लामो स्टाटस लेख्दै उनले लिग आयोजना गर्ने जिम्मेवारी कस्को हो भन्दै प्रश्न गरेका छन् ।

नेपालमा लामो समयदेखि घरेलु लिग फुटबल आयोजना हुन नसक्दा पछिल्ला केही महिनामा करिब दुई दर्जन राष्ट्रिय फुटबलर विदेशिएका छन्। यहि विषयलाई उठान गर्दै विष्टले नेपाली फुटबल र नेपाली खेलाडी प्रति माया गर्न आग्रह गरेका छन् । उनले भनेका छन्,– ‘तपाईहरुलाई खेलाडीहरुको चिन्ता लाग्दैन? अझै धेरै खेलाडीहरू विदेशिएको देख्न चाहानुहुन्छ?’

उनले आर्थिक बहाना देखाएर क्लब पन्छिरहेको भन्दै उनीहरुसँग पनि गुनासो गरेका छन्। एन्फा र क्लबको लडाईमा खेलाडीको जीवन अस्तव्यस्त बनेको भन्दै उनले लेखेका छन्,’ ‘आखिर कहिले सम्म एकले अर्कोलाई दोष लगाउदै लिग लाई पर पर धकाल्नु हुन्छ? खेलाडीहरुको रगत पसिनामा कहिलेसम्म तपाईंहरु स्वार्थपूर्ति गर्नुहुन्छ ?’

http://