५ भाद्र २०८३, शुक्रबार
,
Latest
पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाप्रति अन्जन विष्टको आक्रोश– तपाईंहरुलाई खेलाडीको चिन्ता लाग्दैन ?



अ+ अ-

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अन्जन विष्टले घरेलु लिग संचालनमा भइरहेको ढिलासुस्तीलाई लिएर आफ्नो आक्रोश व्यक्त गरेका छन्।

सामाजिक संजाल फेसबुकमा उनले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई सम्बोधन गर्दै आफ्नो निराशा व्यक्त गरेका छन्। लामो स्टाटस लेख्दै उनले लिग आयोजना गर्ने जिम्मेवारी कस्को हो भन्दै प्रश्न गरेका छन् ।

नेपालमा लामो समयदेखि घरेलु लिग फुटबल आयोजना हुन नसक्दा पछिल्ला केही महिनामा करिब दुई दर्जन राष्ट्रिय फुटबलर विदेशिएका छन्। यहि विषयलाई उठान गर्दै विष्टले नेपाली फुटबल र नेपाली खेलाडी प्रति माया गर्न आग्रह गरेका छन् । उनले भनेका छन्,– ‘तपाईहरुलाई खेलाडीहरुको चिन्ता लाग्दैन? अझै धेरै खेलाडीहरू विदेशिएको देख्न चाहानुहुन्छ?’

उनले आर्थिक बहाना देखाएर क्लब पन्छिरहेको भन्दै उनीहरुसँग पनि गुनासो गरेका छन्। एन्फा र क्लबको लडाईमा खेलाडीको जीवन अस्तव्यस्त बनेको भन्दै उनले लेखेका छन्,’ ‘आखिर कहिले सम्म एकले अर्कोलाई दोष लगाउदै लिग लाई पर पर धकाल्नु हुन्छ? खेलाडीहरुको रगत पसिनामा कहिलेसम्म तपाईंहरु स्वार्थपूर्ति गर्नुहुन्छ ?’

http://