२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

धुलिखेलमा होटल–पर्यटन तङ्ग्रिनेमा व्यवसायी चिन्तित

धुलिखेलमा होटल–पर्यटन तङ्ग्रिनेमा व्यवसायी चिन्तित
फाईल फोटो
अ अ+ अ-

काभ्रेपलाञ्चोक । असार दोस्रोे सातादेखि कोरोना सङ्क्रमणदर ओरालो लाग्दै गर्दा धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रिनेमा निकै खुशी लागेको थियो । 

त्यसयता महिनाको अन्त्यदेखि होटलमा शुक्रबार र शनिबार चहलपहल बढ्न पनि थाल्यो । केही कार्यक्रमका बुकिङले प्याकुरेललाई उत्साह पनि थपिँदै गयो । उहाँलाई आजभोलि उही पहिलेकै चिन्ताले ‘डेरा’ जमाइसक्यो । “व्यवसायले रूप फेर्ला झैँ लागेको थियो, कोरोना तेस्रो लहरको चिन्ताले झन् सताउन थाल्यो”, प्याकुरेलले भन्नुभयो । कोरोनाका दुई वटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा बेहोर्न बाध्य बनाइरहेकाबेला पुनः तेस्रो लहरको महामारी प्रक्षेपणले उहाँलगायत धुलिखेलका होटल व्यवसायीलाई थप चिन्ताको भारी बोकाएको छ । 

गत चैतमा दोस्रो लहर शुरु भएसँगै होटल सारथीमा वैशाख अन्तिम सातासम्मका बुकिङ रद्द भएका थिए । पचास शय्याको क्षमता रहेको होटलमा वैशाख अन्तिमसम्म जेनतेन सरकारको स्वास्थ्य मापदण्डानुसार २५ लाई मात्र सेवा दिएपछि जेठ र असारमा होटल ठप्पै रह्यो । कोभिड–१९ को दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्न थालेपछि होटल सारथीसँगै काभ्रेपलाञ्चोकको पर्यटकीय धुलिखेलका होटलमा वैशाख अन्त्यसम्म गरिएका बुकिङ धमाधम रद्द भएका थिए । 

कोरोनाको जोखिमपछि हाल पुनःबामे सर्दै गरेका होटल बन्द हुने हो कि भन्ने चिन्ताले सताउने गरेको गुनासो निकै आउन थालेको क्षेत्रीय होटल सङ्घ ९हान०का अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठले बताउनुभयो । “तेस्रो लहरको कोरोना आउने र सावधानी अपनाउनुपर्ने सूचना सरकारी पक्षबाटै आउन थालेपछि होटल व्यवसायी निकै तनावमा छन्, होटल व्यवसाय चौपट हुने भयो, व्यवसायी टाट पल्टने भए”, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो । 

दैनिक २०० को हाराहारीमा आफ्नो रिसोर्टमा आन्तरिक÷बाह्य पर्यटक आउने गरेकामा कोरोनाको दोस्रो लहर वैशाखपछि शून्यमै झरेको श्रेष्ठले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले दिनानुदिन आन्तरिक पर्यटक बढ्दै छन्, तर पछिल्ला दिनमा कोरोना सङ्क्रमण बढ्दै गएपछि चहलपहल स्थिर बन्दै गएको भान भइरहेको छ ।” 

गत वर्षको कोरोना कहरपछि आन्तरिक एवं बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित बनाएको देखिन्छ । धुलिखेलमा ठूलासाना गरी करिब ६० होटलमा एक हजार शय्या क्षमता छन् । जिल्लास्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको सङ्घले जनाएको छ । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । 

कोभिड–१९ का कारण पर्यटन क्षेत्रले बेहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले गत भदौ महिनामा विशेष तीन प्याकेजकोसमेत घोषणा गरेका थिए । “स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटन क्षेत्रले बेहोर्नुपरेको क्षति न्यूनीकरणलाई प्याकेजले पर्यटकको सेवामा विशेष प्याकेजसहित तल्लीन भएका थियौँ, दोस्रो लहरले पुनः थल्याइदियो, अब तेस्रोले के गर्छ यसै भन्न सकिन्न”, श्रेष्ठले गुनासो गर्नुभयो । 

गत साल कोरोना सङ्क्रमणदर घट्दा होटल–पर्यटनमा बढेको चहहपलको आभास यो वर्ष नरहेको हानका सचिव ज्योत्स्ना सैँजु बताउनुहुन्छ । “तेस्रो लहरको प्रक्षेपणले हुनुपर्छ, हाल आन्तिरिक पर्यटकको समेत चहलपहल छैन”, उहाँले भन्नुभयो । बिदामा र केही विवाहका साना कार्यक्रमबाहेक हाल उहाँको धुलिखेलस्थित होटल प्रिन्समा चहलपहल हुँदैन । 

सङ्घले यसअघि ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’लगायत विशेष प्याकेज सञ्चालन गर्दै आएको थियो । हाइकिङ र हजार सिँढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्ति वनस्थित बुद्ध मूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो । सङ्घले पुनःप्याकेजका कार्यक्रम ल्याएर व्यवसाय उकास्ने प्रयत्नमा लाग्ने व्यवसायी बताउँछन् । 

पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौँबाट ३० किलोमिटरको दूरीमा अवस्थित छ । धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको अलावा काठमाडौँ, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दथे । 
– राजकुमार पराजुली