२० असार २०८३, शनिबार
,
Latest
सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

साधारणसभा नै गर्दैनन् इन्सोरेन्स कम्पनीहरु, मार्जिन लेन्डिङ र लाभांश वितरणमा समस्या



अ+ अ-

काठमाडौ । १९ वटा जीवन विमा कम्पनी मध्ये १८ वटा जीवन बिमा कम्पनीहरुले गत आर्थिकबर्ष २०७६/७७ को  साधारणसभाको प्रक्रियानै सुरु  नगरेको बिमा समितिले जनाएको छ । पब्लिक लिमिटेडमा सञ्चालन हुने यस्ता बिमा कम्पनीहरुले निर्धारित समयभित्र  अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण सैद्धान्तिक सहमतीको लागि विमा समितिमा पेश गरी स्वीकृत भएपछि साधारणसभा गर्नुपर्ने हुन्छ ।

तर १९वटा जीवन बिमा कम्पनीहरुमध्ये प्राइम लाइफ इन्सोरेन्सले मात्र निर्धारित समयभित्र साधारणसभाको अनुमति माग्दै  गत आर्थिक बर्षको वित्तीय विवरण सैद्धान्तिक सहमतिका लागि विमा समितिमा पेश गरेको छ । यद्यपि समितिले हालसम्म सहमति भने प्रदान नगरेको श्रोतले बताएको छ । तर, अन्यले साधारणसभाको प्रक्रिया  नै नगरेको खुलेको छ । 

वित्तीय क्षेत्रका जानकारहरुकाअनुसार १९ वटा कम्पनीले  आर्थिक वर्ष २०६७/७७ को साधारणसभा नगर्दा  मार्जन लेण्डिङमा समस्या आउनुका साथै सेयरधनीहरुलाई लाभांश वितरणमा समेत समस्या आउछ ।  

जनताको प्रत्यक्ष लगानी रहेका यस्ता कम्पनीहरुले सुशासन र जवाफदेहिता लिनुपर्ने हुन्छ । तर यसरी साधारणसभा नै नगर्ने विमा कम्पनीहरुको व्यवहारले उनीहरुको पारदर्शिता, सुशासन र जवाफदेहितामा प्रश्न उठाएको छ ।  बिमा समितिका अनुसार नेपालमा हाल १९ वटा जीबन विमा कम्पनी, २० ओटा निर्जिवन विमा कम्पनी र एउटा पूर्नविमा कम्पनी क्रियाशिल रहेका छन् ।