२५ आश्विन २०८१, शुक्रबार
,
Latest
संस्कृति जोगाउन पिर्के पिङको संरक्षण दसैँ मान्न तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए राजनीतिक दलहरु बलियो भए मात्रै जनअधिकारको प्रयोग हुन्छ: शंकर पोखरेल तराईको ताइचिनले बिस्थापित हुँदै भक्तपुरे ताइचिन चिउरा नेपाल फर्किए सन्दीप, अमेरिकाको भिसाका लागि प्रयास गर्ने इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा काभ्रेमा सुख्खा पहिरोले बस र सुमो पुरियो, बीपी राजमार्ग पुन: अवरूद्ध एमाले मुख्यालय बनाउन भाटभटेनी प्रमुख मिनबहादुरबाट जग्गा प्रदान ,प्रधानमन्त्री ओलीद्वारा शिलान्यास विपद्मा काभ्रे: अधिक मानवीय तथा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

साधारणसभा नै गर्दैनन् इन्सोरेन्स कम्पनीहरु, मार्जिन लेन्डिङ र लाभांश वितरणमा समस्या



अ+ अ-

काठमाडौ । १९ वटा जीवन विमा कम्पनी मध्ये १८ वटा जीवन बिमा कम्पनीहरुले गत आर्थिकबर्ष २०७६/७७ को  साधारणसभाको प्रक्रियानै सुरु  नगरेको बिमा समितिले जनाएको छ । पब्लिक लिमिटेडमा सञ्चालन हुने यस्ता बिमा कम्पनीहरुले निर्धारित समयभित्र  अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण सैद्धान्तिक सहमतीको लागि विमा समितिमा पेश गरी स्वीकृत भएपछि साधारणसभा गर्नुपर्ने हुन्छ ।

तर १९वटा जीवन बिमा कम्पनीहरुमध्ये प्राइम लाइफ इन्सोरेन्सले मात्र निर्धारित समयभित्र साधारणसभाको अनुमति माग्दै  गत आर्थिक बर्षको वित्तीय विवरण सैद्धान्तिक सहमतिका लागि विमा समितिमा पेश गरेको छ । यद्यपि समितिले हालसम्म सहमति भने प्रदान नगरेको श्रोतले बताएको छ । तर, अन्यले साधारणसभाको प्रक्रिया  नै नगरेको खुलेको छ । 

वित्तीय क्षेत्रका जानकारहरुकाअनुसार १९ वटा कम्पनीले  आर्थिक वर्ष २०६७/७७ को साधारणसभा नगर्दा  मार्जन लेण्डिङमा समस्या आउनुका साथै सेयरधनीहरुलाई लाभांश वितरणमा समेत समस्या आउछ ।  

जनताको प्रत्यक्ष लगानी रहेका यस्ता कम्पनीहरुले सुशासन र जवाफदेहिता लिनुपर्ने हुन्छ । तर यसरी साधारणसभा नै नगर्ने विमा कम्पनीहरुको व्यवहारले उनीहरुको पारदर्शिता, सुशासन र जवाफदेहितामा प्रश्न उठाएको छ ।  बिमा समितिका अनुसार नेपालमा हाल १९ वटा जीबन विमा कम्पनी, २० ओटा निर्जिवन विमा कम्पनी र एउटा पूर्नविमा कम्पनी क्रियाशिल रहेका छन् ।