२० असार २०८३, शनिबार
,
Latest
सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानमाला भजन खल अक्षय कोषलाई महानगरबाट २० लाख रुपैयाँ प्रदान



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ज्ञानमाला भजन खल स्वयम्भूको अक्षय कोषलाई २० लाख रुपैयाँ प्रदान गरेको छ । आज विहान भजन खलमा पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकमको चेक खलका अध्यक्ष तीर्थनारायण श्रेष्ठसहित पदाधिकारीहरुलाई हस्तान्तरण गर्नुभएको हो । कोषको व्याजबाट भजन घरमा हुने धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुनेछन् । 

रकम प्रदान गरिसकेपछि बोल्दै प्रमुख शाक्यले भन्नुभयो, सम्पदा जोगाउन महानगरले नीति बनाएर काम गरिरहेको छ । अहिलेसम्म सम्पदाको मर्मत, सम्भार वा जीर्णोद्धारका काममा र अमूर्त सम्पदाहरुलाई बचाउने प्रयासका लागि महानगरमा आएका कुनै पनि मागलाई रित्तो हात फर्काइएको छैन ।

बुद्धवाणीलाई भजनमार्फत जनमानसमा जीवित गराइ राख्ने भजनको महत्वमा चर्चा गर्दै उहाँले ज्ञानमाला भजन खलमा भएका भजन संग्रहलाई नेपाल भाषामा मात्र सीमित नराखी अन्य मातृभाषा, राष्ट्रिय र अन्तरराष्ट्रिय भाषामा अनुवाद गरेर अन्य समूहमा पु¥याउन सुझाव दिनुभयो । ज्ञान बाँडेर बढ्छ । त्यसैले ज्ञानमालासँग भएका पुराना भजनलाई वितरण गरौँ । प्रमुख शाक्यको भनाइ थियो । भजनले स्वयम्भू क्षेत्रको धार्मिक गतिविधिलाई जीवन्त बनाएको उल्लेख गर्दै उहाँले यसको निरन्तरता र पुन्तान्तरणमा जोड दिनुभयो । 

०७६ सालमा भजन घरमा आगलागी भएको थियो । त्यसपछि पुरातत्व विभागले यो घरलाई अन्यत्र स्थानान्तरण गर्ने प्रयास गरेको थियो । ०७२ सालको भूकम्प र ०७६ सालको आगलागीका घटना स्मरण गर्दै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले सर्वपक्षीय छलफल गराएरु इसको पुनस्र्थापनाका प्रयास गरेपछि पुनस्र्थापना भएको बताउनुभयो । स्वयम्भू क्षेत्रको व्यवस्थापनमा महानगर र वडाबाट कुनै पनि कमी हुन नदिने उल्लेख गर्नुभयो । महानगरको नीतिअनुरुप वडाबाट सञ्चालन गरिने विकासका काममा सम्पदा प्राथमिकतामा रहेको उहाँको भनाइ थियो ।
 
भजन घर स्वयम्भूमाथि नै छ । पाका मानिसहरुलाई त्यस ठाउँसम्म पुग्न कठिन छ । यस्ता जेष्ठ नागरिकलाई भजन सुन्ने र हेर्ने व्यवस्थाका लागि सहयोग गरिदिन खलका अध्यक्ष तीर्थ नारायण महर्जनले मेयर शाक्यलाई आग्रह गर्नुभयो । 
 
खलका उपाध्यक्ष पूर्णकाजी ज्यापूकाअनुसार यस ठाउँमा वि. सं. १९९४ साल ने. पं. १०५७ देखि यहाँ नियमित भजन हुँदै आएको छ । बन्दाबन्दीका समयमा पनि यहाँको चलनलाई कुनै न कुनै रुपमा निरन्तरता दिइएको उहाँको भनाइ छ । महानगरबाट सहयोग पाएपछि बर्षौँदेखिको सांस्कृतिक संस्कारले निरन्तरता पाएकोमा गर्व महसुस भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार कोषबाट प्राप्त हुने रकमबाट बाद्यसामाग्री खरिद गर्ने, भजनमा आउने भक्तलाई जलपान गराउने काम गरिनेछ ।   

त्यस अवसरमा प्रमुख शाक्यले खलको घरमा बुद्धको मूर्ति अनावरण गर्नुभएको भयो । रामघाटका देवकाजी महर्जन परिवारले २ लाख ३४ हजार लागतमा तयार भएको मूर्ति भजन घरलाई दिएको हो । 

त्यस अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडा १५ का वडा सदस्यहरुसहित भक्तहरु सहभागी हुनुहुन्थ्यो ।