२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा एक सय ६२ दुर्घटनामा ४० जनाको मृत्यु



symbolic picture
अ+ अ-

चितवन । चालु आर्थिक वर्षको पाँच महिनामा भएका एक सय ६२ दुर्घटनामा ४० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ३३ पुरुष, चार महिला, एक बालक र दुई बालिका छन् ।

ती दुर्घटनामा ९२ गम्भीर घाइते र २१५ सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा दुई सय ४२ वटा सवारीसाधन संलग्न रहेका छन् । दुर्घटनामा पर्ने सवारीसाधनमा सबैभन्दा बढी मोटरसाइकल छन् । मोटरसाइकल एक सय ३३, जिप, कार ३४, ट्रक ट्याङ्कर ३१, बस १५, माइक्रो छवटा, ट्र्याक्टर पाँच, ट्याम्पो आठ, टिपर चार, शारीरिक शक्तिबाट चल्ने १२ वटा र अन्य चारवटा रहेको कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी दुर्घटना भित्री सडकमा हुने गरेको कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो । मुख्य राजमार्गमा भन्दा भित्री सडकमा सवारीको गति तीव्र हुने भएकाले सो क्षेत्रमा बढी दुर्घटना हुने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले सवारी यान्त्रिकीकरण परीक्षण, सचेतना कार्यक्रमलाई तीव्ररूपमा अगाडि बढाएका छाँै ।” सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले सचेतनामूलक कार्यक्रम र नियमित जाँचलाई तीब्र बनाइएको उहाँले बताउनुभयो । भित्री सडकमा चालकको लापरवाही, मादक पदार्थ सेवन, साँघुरा, कच्ची सडक र ट्राफिक प्रहरीको पहुँच कम हुने भएकाले पनि दुर्घटना बढी हुने गरेको उहाँले भनाइ छ ।