काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो समय ६१५ सङ्क्रमित थपिएका छन् ।
थपिएकामध्ये काठमाडौँका ४२१, भक्तपुरका ८६ तथा ललितपुरका १०८ जना रहेका मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा सात हजार ६१९ सक्रिय सङ्क्रमित रहेका छन् ।
काठमाडौँमा पाँच हजार ५७४, ललितपुरमा एक हजार ११३ तथा भक्तपुरमा ९३२ सक्रिय सङ्क्रमित रहेका छन् ।











