१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

कागती खेतीबाट मनग्य आम्दानी

कागती खेतीबाट मनग्य आम्दानी
अ अ+ अ-

गलकोट । पन्ध्र वर्ष कतारमा सवारी चालकका रूपमा काम गर्दै आउनुभएका निसीखोला गाउँपालिका–४ झिम्पाका ३७ वर्षीय रेमबहादुर क्षेत्रीलाई कतारको लोभलाग्दो जागिरलाई छुटाएर गाउँ फर्कायो ।

पछिल्लो समय बागलुङमा व्यावसायिक कागती खेती गर्ने क्रम बढिरहेको छ । बागलुङ र गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा कागतीको खेती थालिएको छ ।
जिल्लाको निसीखोला गाउँपालिकाका क्षेत्रीसहितका केही किसानले भने कागती खेतीको व्यावसायिक बिक्री–वितरण थालिसक्नुभएको छ । अगुवा कागती किसान रिमबहादुर क्षेत्री, निमलाल पौडेल र धरमराज पोख्रेलले उत्पादन गरेको कागतीले राम्रो बजार पाउन सफल भएको छ ।

नौ वर्षअघि १० बोटबाट कागती खेती थाल्नुभएको रेमबहादुर क्षेत्रीको फार्ममा अहिले चार सय कागतीका बोट छन् । अहिले चार सय बोटमध्ये एक सय ५० बोटले कागती उत्पादन दिइराखेको छ । उहाँले गत वर्षमात्रै कागती बिक्रीबाट रु दुई लाख आम्दानी गर्नुभएको र यस वर्ष आम्दानी बढेर रु तीन लाख ५० हजार पुग्ने बताउँदै कागतीको माग राम्रो भएको बताउनुभयो ।

“कागतीको राम्रो सम्भावना देखेरै कागतीका बिरुवा रोपेको थिए, नियमित हेरचाह गर्न नपर्ने खेती भएकाले बिरुवा थप्दै विदेश जाँदै गरे, जब उत्पादन थाल्यो त्यसपछि विदेशलाई बिट मारेर यही व्यवसायमा लागे”, उहाँले भन्नुभयो, “अहिले यहाँको कागती बुर्तिवाङ बजार, बुटवल, पोखरा र काठमाडौँ पुग्छ, यो वर्ष १६ क्विन्टल बिक्री गरिसके बगैँचामा अझै १० क्विन्टल बिक्री गर्न बाँकी छ, होलसेलमा प्रतिकेजी एक सयमा बिक्री गरिरहेको छु, यो वर्षमात्रै रु तीन लाख आम्दानी हुनेछ ।”

किसान क्षेत्रीले बजारको माग राम्रो भएकाले थप २० रोपनी जग्गामा कागती र टिमुर खेती गर्ने योजनामा रहेको बताउँदै कागतीको बजार राम्रो भएकाले निसिखोलाका कृषक कागती खेतीप्रति जागरुक भएको बताउनुभयो ।

सैतीस वर्षीय क्षेत्रीले निसीखोला गाउँपालिका–४ छिम्पामा जीवन पोल्टी फार्म तथा विविध कृषि केन्द्र स्थापना गरी विसं २०७४ देखि फार्म दर्ता गरेर आफ्नै १५ रोपनी जग्गामा कागती खेती गर्दै आउनुभएको छ । क्षेत्रीले विदेश गएर कमाएको रकमले फार्म व्यवस्थापन गरेको श्रीमती लीला पौडेलले फार्ममा सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँको फार्ममा कागती खेतीसँगै १० घार मौरी र २०–२० बोटबाट हलुवावेद र अमिलोसमेत उत्पादन भइरहेको छ । अहिले कागतीको माग धान्नै धौ धौ भएको क्षेत्रीको भनाइ छ । कागतीको दानासँगै चुक र अचारसमेत बिक्री गर्न सकिने उहाँको भनाइ छ । क्षेत्रीले वार्षिक रु ४० लाख आम्दानी गर्ने योजनाका साथ कागती खेती विस्तारमा लागेको बताउनुभयो । यस्तै निसीखोला गाउँपालिका–४ बडाचौरका निमलाल पौडेलले यस वर्ष ३० क्विन्टल कागती बिक्री गरिसक्नुभयो ।

छब्बीस रोपनी जग्गामा उहाँका नयाँ तथा पुराना बिरुवा गरी चार सय ५० बोट छन् । अहिले उहाँको कागती बगानमा झण्डै ३० क्विन्टल कागती अझै बिक्री गर्न बाँकी छ । पौडेलले विसं २०५५ मा एक सय बोटबाट सुरु गरेको कागती खेतीलाई क्रमशः व्यावसायिक बनाउँदै आउनुभएको छ । उहाँले उत्पादन भइरहेको कागतीलाई बुटवल, काठमाडाँै र पोखरालगायतका क्षेत्रमा बिक्री हुने गरेको बताउनुभयो ।

“सुन्तला तत्कालै बिक्री नगरे बिग्रन्छ, तर कागतीको दाना एक महिना केही हुँदैन, बिक्री नभए चुक बनाएर वर्षौँ टिकाउन सकिन्छ भनेर कागती खेती थालेको थिए, अहिले त बिक्री राम्रो छ, चुक बनाउनै पर्दैन”, पौडेलले भन्नुभयो, “अहिलेको बजार हेर्दा कागती खेतीलाई अझै विस्तार गर्न आवश्यक छ, निसीखोलामा कागतीको राम्रो खेती भएको पाएका छौँ, यहाँका धेरै कागती खेती गर्ने किसानहरू मिलेर एकमुष्ट बजारीकरण गर्दै आएका छौँ”, पौडेलले कागतीलाई प्रतिकेजी एक सय ५० देखि एक सयसम्म बिक्री गर्ने बताउनुभयो ।

केही फलफूल व्यापारी गाडी लिएर कागती लिन आउँछन्, कहिले आफैँ लगेर बिक्री गर्ने गरिने पौडेलको भनाइ छ । उहाँले सृष्टि कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक कागती खेती गर्दै आउनुभएको छ ।

यस्तै निसीखोला गाउँपालिका–५ का धर्मराज पोख्रेलले समेत व्यावसायिकरूपमा कागती खेती उत्पादन गर्दै आउनुभएको छ । पोख्रेलको कागती बगानमा अहिले चार सय बोट हुर्किरहेका छन् । कागतीका लागि उपयुक्त भूगोल भएकाले निसीखोलाका किसान त्यसतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । उहाँले त्यस क्षेत्रमा कागती नर्सरी निर्माणका लागि ज्ञान केन्द्रले अनुदान दिने बताउनुभयो । रासस