१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

स्पेनिस क्लव काथेरेन्यो एफसीसँग नेपालका दुई टिमले मैत्रीपूर्ण खेल खेल्ने

स्पेनिस क्लव काथेरेन्यो एफसीसँग नेपालका दुई टिमले मैत्रीपूर्ण खेल खेल्ने
अ अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल क्लव काथेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ ।

बिहीवार लुम्बिनी गार्डेन फाउण्डेसनले पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराएको हो । काथेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ ।

काथेरेन्यो स्पेनको दोस्रो डिभिजनको लिग खेलिरहेको क्लव पनि हो । स्पेनिस क्लवले नेपाल भ्रमणका क्रममा पुस १३ गते पोखरा रंगशालामा गण्डकी–११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ । गण्डकी ११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले गर्नुहुनेछ । गण्डकी ११ को प्रशिक्षण राजेन्द्र तामाङले गर्नुहुनेछ ।

त्यस्तै पुस १४ गते काठमाडौंको दशरथ रंगशालामा काठमाडौं–११ सँग प्रतिष्पर्धा गर्नेछ । काठमाडौं ११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले गर्नुहुनेछ । काठमाडौं ११ को प्रशिक्षण मेघराज केसीले गर्नुहुनेछ ।

स्पेनीस क्लव काथेरेन्योसँग स्पेनका पूर्व राष्ट्रिय खेलाडीसहित ला लिगा फुटबल क्लव रियल मड्रिड, बार्सिलोना र एथलेटिको मड्रिड जस्ता ठूला क्लवमा खेलेका अनुभवी खेलाडीहरु रहेका छन् ।

नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने लक्ष्यसहित मैत्रीपूर्ण खेलको आयोजना गरिएको आयोजकले जनाएको छ । काथेरेन्योले काठमाडौं र पोखरामा एक/एक मैत्रीपूर्ण खेल खेल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा), कास्की जिल्ला फुटबलसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नारासहित आयोजनामा हुन लागेको मैत्रीपूर्ण खेल पुस १३ र १४ गते हुनेछ ।

नेपाल भ्रमण गर्ने स्पेनिस टोलीमा स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो ९मोनोलो० पनि हुनुहुन्छ । विश्वकप १९९० मा मोनोलो स्पेनिस टिमको मुख्य खेलाडी हुनुहुन्थ्यो ।