२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

एमालेको रक्षा गर्ने खम्बाका रूपमा युथफोर्सः महासचिव

एमालेको रक्षा गर्ने खम्बाका रूपमा युथफोर्सः महासचिव
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको रक्षा, कानूनको पालना, शान्तिपूर्वक प्रतिस्पर्धाको राजनीतिमा जोड दिने बताउनुभएको छ । 

राष्ट्रिय युवा सङ्घको युथफोर्स काठमाडौँ उपत्यका कमाण्ड घोषणा तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको रक्षा, कानूनको पालना र प्रतिस्पर्धाको राजनीतिलाई कमजोर बनाउनेसँग पार्टीले सम्झौता नगर्ने बताउनुभयो ।

उहाँले शान्तिपूर्व राजनीतिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएकाले त्यसविरुद्ध जान नसकिने धारणा राख्नुभयो । “शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको विरुद्ध कोही जान्छ भने त्यसलाई कामजोर बनाउन र संवैधानिक प्रक्रियालाई अवरोध गराउन खोज्दछन् भने हाम्रो युथफोर्सले त्यसविरुद्धमा खबरदारी गर्नेछ”, उहाँले भन्नुभयो । हिजोका सरकारले गरेका राम्रा कामलाई ध्वस्त बनाउन खोजियो भने छिमेकी देशसँगको सम्बन्धलाई कमजोर बनाउन खोजियो भने त्यसविरुद्ध पार्टीसँगै युथफोर्स अगाडि बढ्ने उहाँको भनाइ छ ।

युथफोर्स कानून र राज्यको संरचनालाई तोडमोड र जनताका जनादेशलाई लत्याउन खोजिए त्यो सह्य नभएको बताउनुभयो । उहाँले एमालेको रक्षा गर्ने खम्बाका रूपमा युथफोर्स रहेको भन्दै कहीँकतै असुरक्षित र त्रास फैलाइएको वा नेता कार्यकर्तामाथि हमला गरिन्छ भने त्यसको प्रतिवाद युथफोर्सले गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादनका कुरा, जनतालाई उत्पादन काममा सहयोग र रोजगारीका पक्षमा अभियान चलाउनु पर्दछ ।” 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स भ्रष्टाचार र अनियमितताविरुद्ध रहेको बताउनुभयो । “सरकारका राम्रो काममा हामी सहकार्य गर्न तयार छौँ”, उहाँले भन्नुभयो,  “पूरक बजेट ल्याउने, संविधान संशोधन गरेर मन्त्रिमण्डलको सङ्ख्या थप्नेजस्ता कुरा स्वीकार्य छैन ।” उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले पार्टी फुटाउन खोजे त्यसको प्रतिवाद गर्ने बताउनुभयो ।