२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड प्रधानमन्त्री, रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक राष्ट्रपति– जनार्दन शर्मा



file
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुको सपथ ग्रहणका लागि संघीय संसद् भवन नयाँ बानेश्वर पुग्नुभएका अर्थमन्त्री शर्माले तोकिएकै समयमा गठबन्धनले सरकार बनाउने र त्यसको नेतृत्व प्रचण्डले गर्ने बताउनुभयो । उहाँका अनुसार सरकारको नेतृत्वबारे गठबन्धनमा छलफल भइरहेको छ ।

उहाँले भन्नुभयो, “माधव कमरेड बिरामी भएर अस्पतालमा हुनुहुन्छ, उहाँ डिस्चार्ज भएपछि गठबन्धनको बैठक बसेर निर्धारण हुन्छ, मैले भन्ने हो भने पहिलोपटक प्रचण्ड नै प्रधानमन्त्री हुनुहुन्छ, तर निर्णय भइसकेको छैन ।

” आफूहरुले प्रचण्ड प्रधानमन्त्री हुनुपर्छ भनेर दाबी नगरेको तर गठबन्धन दलमा सल्लाह भएको उहाँको भनाइ थियो । उहाँले राष्ट्रपति राजनीतिक व्यक्तित्व नै हुने बताउनुभयो । उहाँले आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने जानकारी दिनुभयो ।




भर्खरै