२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड प्रधानमन्त्री, रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक राष्ट्रपति– जनार्दन शर्मा



file
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुको सपथ ग्रहणका लागि संघीय संसद् भवन नयाँ बानेश्वर पुग्नुभएका अर्थमन्त्री शर्माले तोकिएकै समयमा गठबन्धनले सरकार बनाउने र त्यसको नेतृत्व प्रचण्डले गर्ने बताउनुभयो । उहाँका अनुसार सरकारको नेतृत्वबारे गठबन्धनमा छलफल भइरहेको छ ।

उहाँले भन्नुभयो, “माधव कमरेड बिरामी भएर अस्पतालमा हुनुहुन्छ, उहाँ डिस्चार्ज भएपछि गठबन्धनको बैठक बसेर निर्धारण हुन्छ, मैले भन्ने हो भने पहिलोपटक प्रचण्ड नै प्रधानमन्त्री हुनुहुन्छ, तर निर्णय भइसकेको छैन ।

” आफूहरुले प्रचण्ड प्रधानमन्त्री हुनुपर्छ भनेर दाबी नगरेको तर गठबन्धन दलमा सल्लाह भएको उहाँको भनाइ थियो । उहाँले राष्ट्रपति राजनीतिक व्यक्तित्व नै हुने बताउनुभयो । उहाँले आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने जानकारी दिनुभयो ।