५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा दुर्घटनामा परी दुई जनाको मृत्यु



symbolic picture
अ+ अ-

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा विङ्गर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

धनुषाको वीरेन्द्र बजारबाट सबैलातर्फ जाँदै गरेको ना ५ज ८४४० नंको विङ्गर र ज११प ५४७३ नम्बको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनुषाको सहिदनगर नगरपालिका–५ धवौली निवासी २० वर्षीय अरुण मण्डल र २५ वर्षीया ज्ञानी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अरुणको घटनास्थलमै र ज्ञानीको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।मृतक दुवैको शव परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाइ थियो ।