२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकबीच सहकार्यको सम्झौता

राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकबीच सहकार्यको सम्झौता
अ अ+ अ-

काठमाडौं । नेपालका अस्पतालका जन्म केन्द्रमा नवजात शिशुलाई न्यानो वातावरण उपलब्ध गराउने विषयमा ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सहमति भएको छ । केन्द्रले तयार गरेको न्यानो नानी उपकरण स्थापनार्थ दोस्रो चरणको परियोजना अगाडि बढाउने सहमति गरिएको हो । 

विकास बैंकको १३औँ वार्षिकोत्सवका अवसरमा आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बैैैंक तथा केन्द्रका संस्थापक अध्यक्ष डा महावीर पुनबीच सहमतिपत्र आदानप्रदान भयो । बैंकको संस्थागत सार्वजनिक जिम्मेवारीअनुसार हाम्रो विकास प्रवद्र्धन कोषमार्फत आर्थिक वर्ष २०७६र७७ मा न्यानो नानी परियोजनाको पहिलो चरण सम्पन्न भएको थियो । 

पहिलो चरणमा मध्यबिन्दु जिल्ला अस्पताल, कपिलवस्तु सामुदायिक अस्पताल, प्युठान अस्पताल, महाकाली अस्पताल, रामगोपालपुर स्वास्थ्य केन्द्र, आम्दा अस्पताल, खोटाङ जिल्ला अस्पताल, सामरी स्वास्थ्य केन्द्र, बेनी अस्पताल तथा बुर्तिबाङ अस्पताल गरी १० वटा अस्पतालमा न्यानो नानी उपकरण जडान भइसकेको छ भने त्यसबाट ३०० बढी  नवजात शिशुले सुविधा प्राप्त गरेको जानकारी बैंकले दिएको छ ।

पहिलो चरणमा भन्दा नयाँ उपकरण अझै थप सुविधायुक्त हुने र थप अस्पतालमा समेत जडान गरिने जानकारी डा पुनले दिनुभयो । बैंकले सन् २०२३ सम्म नेपालका आधाभन्दा बढी अर्थात् ८०० जन्म केन्द्रमा यस्तो उपकरण स्थापना गर्ने योजना बनाएको छ । डा पुनले केन्द्रलाई नेपालमा अनुसन्धानमार्फत उद्यमी सिर्जना गर्ने र त्यसैमार्फत देशको उत्पादनशील समृद्धि र विकास प्रवद्र्धन गर्ने कार्य अगाडि बढाउन क्रियाशील बनाइएको बताउँदै यस्तो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

बैंकका अध्यक्ष हरिप्रसादले बैंकका नयाँ सेवा ‘परिवर्तनकारी कर्जा’, ‘स्मार्ट सेभिङ’ र ‘कन्याक्टलेस कार्ड’ उद्घाटन गर्दै यी सेवा नेपालका छरिएर बसेका र बैंकका सरल पहुँचप्राप्त गर्न नसकेका उद्यमीका लागि अगाडि बढाइएको जानकारी दिनुभयो ।
 
बैंकका पूर्वअध्यक्ष हरिचन्द्र खड्काले बैंकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिनुभयो र पूर्वअध्यक्ष ध्रुवकुमार भट्टराई तथा ध्रुव उप्रेतीले हाम्रो विकास बैंक, झिमरुक बैंक तथा रापती भेरी बैंक गाभेर बनेको यस बैंकका शेयरधनीले वर्तमान अवस्थामा आफ्नो लगानी उठाउन सक्ने अवस्था भई उनीहरूको पूर्व लगानी नाफामा परिणत भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकको आउँदो वर्षको योजनाबारे जानकारी दिनुभयो भने नायब कार्यकारी अधिकृत पारस कँडेले नेपाली उद्यमी तथा उद्यमशीलताको विकासमा बैंक अझै दृढ रहने उनीहरूलाई सहयोग गर्न नयाँ कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।