२५ आश्विन २०८१, शुक्रबार
,
Latest
संस्कृति जोगाउन पिर्के पिङको संरक्षण दसैँ मान्न तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए राजनीतिक दलहरु बलियो भए मात्रै जनअधिकारको प्रयोग हुन्छ: शंकर पोखरेल तराईको ताइचिनले बिस्थापित हुँदै भक्तपुरे ताइचिन चिउरा नेपाल फर्किए सन्दीप, अमेरिकाको भिसाका लागि प्रयास गर्ने इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा काभ्रेमा सुख्खा पहिरोले बस र सुमो पुरियो, बीपी राजमार्ग पुन: अवरूद्ध एमाले मुख्यालय बनाउन भाटभटेनी प्रमुख मिनबहादुरबाट जग्गा प्रदान ,प्रधानमन्त्री ओलीद्वारा शिलान्यास विपद्मा काभ्रे: अधिक मानवीय तथा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा तालिवान आक्रमण नियन्त्रणका लागि रातमा निषेधाज्ञा आदेश जारी



अ+ अ-

एजेन्सी । अफगान अधिकारीहरूले तालिबानी आक्रमण बढेको भन्दै नियन्त्रणका लागि देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातमा निषेधाज्ञा आदेश जारी गरेकोे यहाँको आन्तरिक मन्त्रालयले जानकारी गराएको छ ।

मेको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेको छ । 

“हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुल, पञ्जशीर र नान्गाहरबाहेक देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यू लागू गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।  

कर्फ्यू आदेश स्थानीय समयअनुसार बेलुका १० बजेदेखि बिहान ४ बजेसम्मका लागि प्रभावकारी हुने आन्तरिक मन्त्रालयका नायब प्रवक्ता अहमद जिया जियाले पत्रकारसँग बताउनुभयो । अमेरिकी नेतृत्वमा रहेका विदेशी सेनाहरूको पूर्ण वापसीपछि पुनः शक्ति आर्जन गर्दै तालिबानले अफगानिस्तानका झण्डै ४०० जिल्लामध्ये आधा क्षेत्र नियन्त्रणमा लिएको उक्त समूहले दावी गरेको छ । अमेरिकी सेना फिर्ता तयारीसँगै तालिवान समूहले देशभर आफ्ना हिंसात्मक गतिविधिलाई बढाएको छ ।  

यस हप्ताको ईद अल–अधाको मुस्लिम बिदाको समयमा हिंसा केही हदसम्म कम भएपनि सरकारी सुरक्षा फौजलाई लक्षित गरी आक्रमण बढाएका छन् । जवाफी कारबाहीमा विगत २४ घण्टामा विभिन्न प्रान्तमा २६० भन्दा बढी तालिवान लडाकूहरू मारिएको दाबी सरकारी अधिकारीले गरेका छन् ।

सरकारी अधिकारी तथा तालिबान समूहले उनीहरूको दावीलाई बढाइचढाइ गरीरहेको तर यसको स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकिएको स्थानीय अधिकारकर्मीले बताएका छन् ।