• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा दश प्रतिशत अतिरिक्त छुट



काठमाडौँ । २०७९ साल पौष ०७ गते विहीवार, काठमाडौँ । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर) ले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) संग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्बजनिक गरेको छ ।

यस छुट आफर अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरि स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम रू. ३०० सम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने छन । यो योजना २०७९ साल पौष २० गतेसम्म रहने छ भने छुट अबधिभर हरेक ग्राहकले रू. ९०० सम्म छुट लिन सक्ने छन्।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले काठमाडौँ सुपरमार्केट ( एक्सप्रेस सुपरमार्केट) को सम्पूर्ण शाखाहरुमा क्यु आर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन्।

यस अफर अन्तर्गत एक्सप्रेस सुपरमार्केर्टको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।