९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र



अ+ अ-

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने निर्णय गरेका छन् । तर, नेपालमा खोप अभियान नियमित रूपमा सञ्चालन नहुँदा वैदेशिक रोजगारमा जाने कामदार बढी समस्यामा परेका छन् ।

निषेधाज्ञाका कारण वैदेशिक रोजगारमा जाने कामदार नेपालमा नै रोकिएर बसेका थिए । अहिले निषेधाज्ञा करीब करीब हटिसकेको छ भने अन्तरराष्ट्रिय उडान पनि खुला भएको छ । तर, खोप लगाउन नपाउँदा अधिकांश कामदार वैदेशिक रोजगारमा जान पाएका छैनन् ।

अधिकांश श्रम गन्तव्य मुलुकले तोकिएको खोप नै लगाउनुपर्ने बाध्यता छ । साउदी, कतारलगायत मुलुकले अमेरिकी खोप जोन्सन एन्ड जोन्सन, भारतीय खोप कोभिडसिल्डलगायत खोप अनिवार्य गरेका छन् । यस्तै, अन्य मुलुकले पनि सोहीअनुसार खोप तोकेका छन् । तर, नेपालमा तोकिएको खोप पर्याप्त मात्रामा छैन । त्यसको असरले पनि वैदेशिक रोजगारमा जाने कामदारले सहज रूपमा खोप लगाउन पाएका छैनन् । फलस्वरूप उनीहरू समयमा वैदेशिक रोजगारमा जान नपाउने अवस्था आएको छ ।

झापाका विजयकुमार गहतराज विगत ७ वर्षदेखि साउदी अर्बमा कार्यरत छन् । उनी बिदा मनाउन गत चैतमा स्वदेश आएका थिए । वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइयो । उनले जेठको अन्तिम साता श्रम गन्तव्य मुलुक साउँदी जाने गरी कतार एयरलाइन्सबाट हवाई टिकट पनि लिए । तर, त्यसबेलासम्म पनि निषेधाज्ञा कायम हुँदा उनी साउदी पुग्न सकेनन् ।

साउदी अरबले अहिले आफ्नो मुलुकमा आउने सबैलाई जोन्सनलगायत खोप अनिवार्य गरेको छ । तर, सहज रूपमा खोप पाउन नसकेपछि गहतराज अझै काममा जान पाएका छैनन् ।

काठमाडौंका विभिन्न खोप केन्द्रमा साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सन खोप अभियान सञ्चालन गरिएको थियो । झापामा यो खोप नआउने भएपछि उनी गत शुक्रवार हवाई उडानमार्फत काठमाडौं आए । तर, उनले अभैm खोप लगाउन सकेका छैनन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।