२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मण्डनका घरघरमा पुग्दैछ: ‘अविरल इन्द्रावती’



अ+ अ-

काभ्रेपलाञ्चोक । खानेपानीको अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा इन्द्रावती नदीको पानी पुर्याईंदैछ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका स्थानीयवासीलाई सोही नदीको पानी पाइपबाट घरघरमा पुर्याइने भएको हो ।

टेलिसिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त नदीको पानी मण्डनदेउपुर नगरका पाँच हजारभन्दा बढीको जिन्दगानी बन्दैछ । लिफ्टिङ प्रविधिमार्फत नगरका पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा खानेपानी उपलब्ध गराउन लागिएको हो ।

विसं २०७८ असारमा वृहत खानेपानी आयोजनाको प्रशासनिक प्रक्रिया थालेलगत्तै पहिलो चरणमा रु ५४ करोडको लागतमा ठेक्का आह्वान गरी निर्माण थालिएको थियो । आयोजनाको हाल ६८ प्रतिशत काम सकिएको मण्डनदेउपुर सुख्खा क्षेत्र वृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले बताउनुभयो ।

स्वीकृत बजेटमध्ये करिब आधा बजेटबाट हाल आयोजनाको प्रारम्भिक ठेक्का सम्झौता गरिएको छ । विसं २०७७ चैतमा उक्त खानेपानी आयोजनाका लागि सरकारीस्तरबाट रु एक अर्ब स्वीकृत भएको थियो । उक्त आयोजनाको २०७८ मङ्सिरमा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शिलान्यास गर्नुभएको थियो ।

आयोजना तीन वर्षमा सक्ने समयसीमा निर्धारण गरिए पनि यसै वर्षभित्र सक्ने लक्षण देखिएको छ । शर्मा–लामा–रमण जेभी नामक ठेकेदार कम्पनीले आयोजना निर्माण गरिरहेको छ । आयोजनाका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरको १२ मध्ये खानेपानीको समस्या झेलिरहेको नौ वटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको छ ।

उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयवासीसँग प्रति उपभोक्ता रु एक हजार सङ्कलन गरेको थियो । नगरसँग खानेपानी आयोजनामा एक प्रतिशत करिब रु एक करोड लगानी गर्ने सम्झौता गरिएको अध्यक्ष तामाङले बताउनुभयो । आयोजनालाई नगरले रु ५१ लाख ६६ हजार उपलब्ध गराएको थियो ।

हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा वडास्थित इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेबाट पानी खसालिने छ । अध्यक्ष तामाङका अनुसार नारिमखर्क र सोतेमा पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । इन्द्रावतीको पानी प्रशोधन गरेर नौ सय मिटरको उचाइमा अवस्थित थामडाँडाको मुख्य ट्याङ्कीमा खसालिनेछ ।

उक्त आयोजनाअन्तर्गत हाल विभिन्न स्थानमा आवश्यक ३० सहित २३ वटा वितरण ट्याङ्की निर्माण गरिएको छ । वितरण ट्याङ्की २० देखि एक सय घनमिटरसम्मका छन् । यस्तै ४० देखि दुई सय घनमिटरका पम्पिङ गर्ने सातवटा ट्याङ्की निर्माण गरिएको छ ।आयोजनाको मुख्य पाइलान ३६ किलोमिटरको हुने जनाइएको छ । हाल मुख्य पाइलाइन विछ्याउने काम भइरहेको छ । वितरणलाइन भने एक सय ५४ किलोमिटर सहित कूल एक सय ८० किलोमिटर पाइपलाइन हुनेछ ।

यसैगरी खानेपानी आयोजनाको कार्यालय भवन पनि निर्माण गरिएको छ । घरघरमा धारा जडानको काम बाँकी रहेको अध्यक्ष तामाङले बताउनुभयो । आयोजनाबाट नगरको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का पाँच हजार पाँच सय पाँच घरधुरी लाभान्वित हुनेछन् । प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्ववेयर ट्याङ्कीमा प्रतिसेकेण्ड १३ दशमलव शून्य पाँच लिटर पानी खस्नेछ । गोर्खा भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहँका बासिन्दाले केही महिनामै खानेपानी अभावबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ ।




भर्खरै