२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खानको नाम विश्वका महान अभिनेताहरूको सूचीमा



अ+ अ-

एजेन्सी । एम्पायर म्यागजिनले सर्वकालीन महान अभिनेताहरूको ५० जनाको सूची जारी गरेको छ । उक्त सूचीमा बलिउडबाट शाहरुख खानमात्र अटाएका छन् ।

म्यागजिनले शाहरुखका कैयौं फिल्मको प्रशंसा गरेको छ । जसमा ‘देवदास’, ‘माइ नेम इज खान’ ‘कुछ कुछ होता है’ र ‘स्वदेश’मा ‘किंग खान’को चरित्रलाई हाइलाइट गरिएको छ । शाहरुखले फिल्म ‘दीवाना’बाट आफ्नो करियर सुरु गरेका थिए । उनको पहिलो फिल्मले नै उनलाई बलिउडको ‘बादशाह’को रुपमा परिचित बनाएको थियो ।

यस सूचीमा हलिउड अभिनेता डेनजेल वाशिंगटन, टम ह्यान्क्स, एन्थोनी मार्लोन ब्रान्डो, मेरिल स्ट्रिप, ज्याक निकोल्सन लगायत छन् । शाहरुखको फिल्म ‘पठान’ २५ जनवरीमा सिनेमाघरमा रिलिज हुँदैछ । यस फिल्ममा उनीसँगै दीपिका पादुकोण र जोन अब्राहमको पनि मुख्य भूमिका रहेको छ ।