• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’

सर्वोच्चले दिएन अन्तरिम आदेश, रवि लामिछानेलाई शपथ लिन बाटो खुला



काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खोलिदिएको छ ।

नागरिकता विवादमा मुछिएका रवि विरुद्ध परेपछि रिट निवेदक र लामिछाने दुवै पक्षलाई छलफलमा बोलाउन इजलासले आदेश दिएको छ ।

रिट निवेदकले नागरिकता विवादको समाधान नभएसम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए । संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त उक्त नागरिकता त्याग गरे पनि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएकाले उनी नेपाली नागरिक नभएको भन्दै अदालतमा रिट दर्ता भएको थियो ।