५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविसहित सबै नेताको चुनावी विवादको सुनुवाइ संवैधानिक इजलासमा



अ+ अ-

काठमाडौँ । सर्वोच्चको संवैधानिक इजलासले बुधबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएका विवादहरुलाई सुनुवाइ गरेको छ । चुनावी परिणाममा असन्तुष्ट नेताहरुले चुनावमा धाँधली भएको, मतगणना दोहोर्‍याउनुपर्ने लगायतमा माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भने नागरिकता विवादबारे रिट दायर भएको थियो । उनको नागरिकता विवाद टुंगो नलागेसम्म सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । मुद्दाको किनारा नलाग्दासम्म लामिछानेलाई प्रतिनिधिसभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग गरिएको छ ।

रविदत्त मिश्र, उमाशंकर अरगरिया, गणेश पौडेल, विदेश्वर यादव, सुकेश्वर यादव, कालीप्रसाद शाक्य, सुरेन्द्रप्रसाद चौधरी र महेन्द्र यादवले दोहोर्याएर मतगणना माग गर्नुभएको छ । त्यस्तै झलनाथ खनाल, बलदेव रेग्मी, कर्णबहादुर थापा र लालबहादुर थापाले पुनः मतदानको माग गर्नुभएको छ ।

यी मुद्दामध्ये केहीको सुनुवाइ भइसकेको छ भने केहीको सुनुवाइ जारी छ । कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत हुनुहुन्छ।