२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शिर्ष नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् । 

यसैबीच चन्दले आइतबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् ।

खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पनि साथमा लिएर विप्लव यादवको निवासमा पुगेका हुन् । 

राजनीतिक भेटघाटमा तिब्रता दिएका चन्दले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपा एमालेका नेता रामबहादुर थापा बादल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतसँग भेटवार्ता गरिसकेका छन् ।