५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

कोप–२६ सम्मेलनभन्दा पहिले बेलायतद्वारा ५१ देशका वातावरणमन्त्रीसँग छलफल

कोप–२६ सम्मेलनभन्दा पहिले बेलायतद्वारा ५१ देशका वातावरणमन्त्रीसँग छलफल
अ+ अ-

लन्डन । सन् २०२१ को नोभेम्बरमा बेलायतको आयोजनामा स्कटल्याण्डको ग्लासगोमा हुने संयुक्त राष्ट्रसंघ जलवायु सम्मेलन (कोप–२६) भन्दा पहिले बेलायतले जलवायु परिवर्तन समस्याबारे विभिन्न ५१ देशका जलवायु तथा वातावरण मन्त्रीहरूसँग छलफलको आयोजना गर्ने भएको छ ।

बेलायत सरकारका मन्त्री तथा कोप–२६ शिखर सम्मेलनका अध्यक्ष आलोक शर्माको संयोजकत्वमा हुने भेलाले शिखर सम्मेलनमा “समाधानको आवश्यक पर्ने मुख्य मुद्दाहरु“ लाई तय गर्ने बताइएको छ । 

शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वातावरण मन्त्रीहरूको यो भेलाले जलवायु समस्याबारे साझा धारणा निर्माण गर्ने र ग्लासगो सम्मेलनको रूपरेखा तयार गर्नेछ ।”

वातावरण र जलवायुमामिला मन्त्रीहरूको बैठकमा अमेरिका, भारत र चीनकालगायतका देशबाट पनि सहभागिता हुने बताइएको छ । बैठकमा भर्चुअल र भौतिक दुबै प्रकारको उपस्थिति हुने बताइएको छ । यो विगत १८ महिनाको अवधिमा हुने मन्त्रीस्तरीय पहिलो प्रत्यक्ष भेला हुनेछ ।

शर्माले भन्नुभयो, “हामीले हाम्रो ग्रहमा खतरनाक समयको सामना गरिरहेका छौं । देशहरू एउटै बाटोमा अघि बढे मात्र यसको भविष्यको रक्षा गर्ने एक मात्र तरिका हुनेछ ।” 

“ग्लासगोमा भेला भएका हामीहरूलाई निर्णायक यस दशकमा के गर्न आवश्यक छ र के हुनेछ भनी विश्व समुदायले हाम्रो निर्णयको प्रतिक्षा गर्नेछ ।” 

“हामीसँगै मिलेर समस्याबारे साझा आधार खोज्नु र सामूहिक रूपमा हामी कसरी आफ्ना बच्चाहरू र भविष्यका पुस्ताहरूको लागि हरियाली, उज्जवल भविष्य निर्माण गर्न सक्छौं यसको नतिजा निकाल्नु कोप–२६ को उद्देश्य हुनेछ ।”  

यस कार्यक्रमले १.५ सेन्टिग्रेड तापमान बृद्धि सीमालाई कायम राख्ने, जलवायु वित्त, जलवायु परिवर्तनलाई अनुकूल बनाउन प्रयास गर्ने, र पेरिस सम्झौताको कार्यान्वयनको लागि ‘रूलबुक’ लाई अन्तिम रूप दिने जस्ता विषयहरूको अन्वेषण गर्ने लक्ष्यलाई समेटेको छ । (रासस-एएफपी)