• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   जनताले बाटोमा भत्ता खाने र काम नगर्ने सांसद भनेर फोटो टाँस्ने स्थिति आइसक्यो: अध्यक्ष दाहाल ★   राष्ट्रियसभा बैठक स्थगित ★   नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि ★   बीसीसीआईले मुख्य प्रशिक्षकको लागि अष्ट्रेलियालीलाई प्रस्ताव गरेको छैन: जय शाह ★   सुरक्षित मातृत्व सेवा सरकारले थप व्यवस्थित बनाउन जरुरी:सभापति डा.राणा ★   पपुवा न्युगिनीमा पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का ★   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण ★   क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर ★   डोजर लगाएपछि बागलुङका ताल सुक्दै ★   संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔं: सभामुख घिमिरे

अर्जेन्टिनाका कप्तान मेसीको जन्म आसाममा भएको भारतीय कांग्रेस सांसदको दाबी



एजेन्सी । फिफा विश्वकप २०२२ सम्पन्न भएको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकपमा च्याम्पियन बन्ने कीर्तिमान हासिल गरे । फ्रान्सविरुद्धको फाइनल खेलमा दुई गोल गरे र अन्तिममा पेनाल्टी सुटआउटमा निर्णायक गोल गर्दै उनले टोलीलाई जित दिलाए ।

समग्रमा विश्वकपमा मेसीको प्रदर्शन उत्कृष्ट रह्यो जसले उनलाई ‘गोल्डेन बल’ पनि दिलायो । अर्जेन्टिना र दक्षिण अमेरिकी देशबाहेक भारतमा पनि मेसीका फ्यानले अर्जेन्टिनालाई च्याम्पियन बनाएकोमा खुशी मनाए ।

मेसीका फ्यानले अर्जेन्टिना र मेसीको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेर खुशी व्यक्त गरे । यसैबीच, भारतीय कांग्रेस सांसद अब्दुल खालिक अर्जेन्टिनाको जितमा यति खुसी भएका छन् कि उनले मेसी भारतीय मूलको भएको बताए । यस विषयमा हंगामा मच्चिएपछि उनले आफ्नो ट्वीट डिलिट गर्नुपरेको थियो । अहिले सामाजिक सञ्जालमा उनको खिल्ली उडाइएको छ ।

आसमको बारपेटा लोकसभा सीटका कांग्रेस सांसद अब्दुल खालिकले अर्जेन्टिनाको जितपछि मेसीको विश्वकप ट्रफीसहितको तस्बिर ट्विटरमा सेयर गरेका छन् ।

यससँगै उनले लेखेका छन्, ‘हृदयदेखि नै बधाई छ । आसामसँगको सम्बन्धको लागि हामी तपाईंलाई गर्व गर्छौं।’ यसपछि एक प्रयोगकर्ताले सांसदलाई मेसीको आसामसँगको सम्बन्धबारे प्रश्न गरे । त्यसपछि उनले मेसीको जन्म आसाममा भएको बताए । यसपछि उनी सामाजिक सञ्जालमा ट्रोल हुन थाले र अन्त्यमा उनले आफ्नो ट्वीट डिलिट गर्नुपर्‍यो ।