२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

उद्योगी–व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह

उद्योगी–व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह
अ अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ । 

महासङ्घका अध्यक्ष नरेश कटुवालको नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कोरोना सङ्क्रमणका कारण मुलुकको अर्थतन्त्र बिग्रँदै गएकाले मुलुकको अर्थतन्त्र जोगाउन उद्योगी व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन माग गरेको हो । 

महासङ्घको टोलीले कोभिड प्रभावित उद्योगी र व्यवसायीलाई निषेधाज्ञा अवधिभरको बैंक ब्याज शतप्रतिशत मिनाहा गर्न र व्यवसाय तथा उद्योगलाई टिकाइ राख्न सहुलियत दरमा विनाधितो ऋण उपलब्ध गराउने वातावरण निर्माण गर्न मागसमेत गरेको छ । कोटेश्वर व्यापार सङ्घका पूर्वअध्यक्ष एवं महासङ्घका उपाध्यक्ष सरोज थापाले सरकार र निजी क्षेत्रको सहकार्यका लागि समन्वय समिति गठन गर्न आग्रह गरिएको बताउनुभयो । 

महासङ्घले उद्योगी व्यवसायीलाई सहज तरिकाले पुर्नकर्जा उपलब्ध गराउनुपर्ने, आगामी दुई वर्षका लागि कोभिड–१९ का कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई ब्याजदरमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले गर्ने लगानी ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने बाध्यकारी नीति बनाइनुपर्ने बताएको छ । 

प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिन पुगेको सो टोलीले सबै किसिमका आर्थिक क्रियाकलाप अनिवार्यरुपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गर्नसमेत आग्रह गरेको छ । रासस