२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीलाई वर्ल्ड स्पोर्ट स्टार अफ दी इयर अवार्ड



अ+ अ-

काठमाडौँ । कतारमा सम्पन्न विश्वकप फुटबल प्रतियोगिताको विजेता टिम अर्जेन्टिनाका कप्तान लियोनल मेसीले बीबीसी स्पोर्ट पर्सनालिटी अन्तर्गत ‘वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड’ प्राप्त गरेका छन् ।

अर्जेन्टिनी फुटबल टिमका कप्तान मेसीले सो अवार्ड पाएका हुन् । बीबीसीले मेसीलाई २०२२ को लागि यस अवार्ड प्रदान गरेको हो । ३५ वर्षीय मेसीको प्रेरणाले आइतबार कतारमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेको थियो ।

प्रतियोगिता अवधिभर मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही कारण उनले गोल्डेन बल समेत पाएका थिए ।

फ्रान्सेली क्लब पीएसजीबाट व्यवसायिक फुटबल खेल्दै आएका उनको क्लबबाट पनि प्रदर्शन उत्तिकै राम्रो रहेको छ ।