काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अध्ययन थालेको छ ।
एन्फाका प्रवक्ता किरण राईका अनुसार एन्फामा औपचारिक राजीनामा भने पुगिसकेको छैन ।
औपचारिक राजीनामा आएपछि आवश्यक निर्णय लिने एन्फाले जनाएको छ ।









