• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

गगन दलको नेताको लागि उम्मेदवारी दर्ता गर्न जादै



काठमाडौं । नेपाली काग्रेस संसदीय दलको नेताको लागि शेखर समूहबाट गगन थापाले उमेदवारी दिने तय भएको छ ।

नेता डा शेखर कोइरालाले थापाको नाम संसदीय दलको उमेदवारको रुपमा प्रस्ताव गर्नुभएको उपसभापति धनराज गुरुङले समर्थन जनाउनु भएको काग्रेस केन्द्रिय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार छलफलमा उपस्थित करिब ३ दर्जन सांसदले एक मतले समर्थन जनाउनु भएको छ। उहाँका अनुसरा छलफल सकिएको र अब संसदीय दलको कार्यालयमा उमेदवारी दर्ता गर्न जाने कार्यक्रम रहेको छ।