२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

बाँकेमा ४५ डिग्री तापक्रममा व्यवसायीक कालिज पालन शुरु

बाँकेमा ४५ डिग्री तापक्रममा व्यवसायीक कालिज पालन शुरु
अ अ+ अ-

काठमाडौं । पश्चिम तराईको बाँकेस्थित खजुरामा पहिलोपटक कालिज पालन शुरु भएको छ । १४ लाख रुपैयाँमा चल्ला खरिद गरी ३५ लाख रुपैयाँको फार्म निर्माण गरेर कलिज पालन शुरु गरिएको हो ।

खजुरा गाउँपालिका वडा न.४ का दीपक पौडेल गत चैत्र ५ गतेदेखि खजुरा कृषि फार्म दर्ता गरेर व्यवसायीक कालिज पालनमा लाग्नुभएको हो । उनीसँग यतिबेला १ हजार कालिज छन् । फार्मका कालिज आउँदो दशैँसम्ममा तयार भइसक्ने पौडेल बताउनुहुन्छ । अष्ट्रेलियाबाट अण्डा मगाएर आफैँले ह्याचरिड गरी चल्ला निकालेको पौडेलले बताउनुभयो । साथै व्यवसायी पौडेलले खान लायक भएका कालिजलाई ३५ सय रुपैयाँमा बिक्री हुने बताउनुभयो ।

कालिज व्यवसायी पौडेलले भन्नुभयो, “दशैँ पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छ, मैले अष्ट्रेलियाबाट कालिजको अण्डा मगाएर आफैँले ह्याचरीड गरी चल्ला निकालेको हूँ, एउटा चल्लाको १४ सय रुपैंया पर्छ, खान लायक भइसकेको कालिजको एउटैको ३५ सय रुपैयाँमा बिक्री हुन्छ, जति ठूलो होस ३५ सयमा बिक्री गर्ने योजना छ ।”

केही भाले र पोथी कालिज चल्ला बनाउनका लागि राख्ने र अरु बिक्री गर्ने योजना रहेको कालिज व्यवसायी पौडेलले सुनाउनुभयो । करिब ५० लाख लागतमा कालिज पालनमा लाग्नुभएका पौडेल बाँकेमा कालीज पालन गर्न तापक्रम नै ठूलो चुनौति भएको बताउनुहुन्छ । २५ डिग्री सेल्सीयसमा कालिज पाल्न चुनौति नभएपनि त्यो भन्दा माथि ठूलो चुनौति रहेको पौडेलले बताउनुभयो । यही चुनौतिलाई मध्यनजर गर्दै बाँकेको तापक्रमसँग मिल्ने गरेर अण्डा त्यहीँ मगाएर ह्याचरी गरेको कालिज पालक पौडेलले बताउनुभयो ।

“कालिज पालनका लागि सबैभन्दा ठूलो चुनौति भनेको तापक्रम हो, २५ डिग्री सेल्सीयसमा कालिज सहजै बाँच्छ” कालिज व्यवसायी पौडेलले भन्नुभयो, “बाँकेमा भने गर्मीमा ४२ डिग्री सेल्सीयस तापक्रम पुग्छ, त्यसका कालिजको अण्डा घरमै मगाएर ह्याचरी गराएँ, जसका कारण कालिजको चल्ला बाँकेको तापक्रमसँग जुध्न सकोस् ।” कालिज पालनको लागि विभिन्न ठाउँबाट अहिले चल्लाको अत्याधिक माग आइरहेको कालिज पालक पौडेलले बताउनुभयो ।