२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको अधिकांश जनमत मेरो पक्षमा छः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनमत आफ्नो पक्षमा रहेको बताएका छन् ।

आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता वाहियात कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेको कुनै २र४ जनाको झुण्ड होइन । देशको सबभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ, केपी ओलीको साथमा छ ।’

यस्तै ओलीले माधव नेपालले गल्ती गर्नेलाई कारवाही र माफी दुईटै आफूले नभइ पार्टीले गर्ने पनि बताए । पार्टी एकता भन्दै अहिलेसम्म पनि एमालेविरुद्धको गठबन्धन बैठकमा सहभागी भइरहेको नेपालप्रति ओलीले आपत्ति समेत जनाए ।