२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै राख्नुहुने भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्री देउवासँगै रहनेगरी श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।