५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास



अ+ अ-

एजेन्सी । फ्रेन्च फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

बेन्जेमाले आफ्नो ३५औं जन्मदिनमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । बेन्जेमा फिफा विश्वकपमा फ्रान्सको टोलीमा रहेपनि तिघ्रामा चोट बोकेपछि विश्वकप अघि नै टोलीबाट बाहिरीएका थिए ।

ब्ल्याकमेलिङ काण्डमा फसेका उनी २०१६ देखि २०२१ सम्म प्रतिबन्धमा परेका थिए । फ्रान्सका लागि ९७ क्याप जितेका उनले ३७ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

बेन्जेमाले सन् २००६ मा फ्रान्सको टोलीमा स्थान बनाएका थिए । उनी युरो २००८ र २०१० को विश्वकप टोलीमा थिए । फ्रान्स यूरो २०१२ र २०१४ को विवकपमा क्वाटरफाइनलबाट बाहिरिदा पनि उनी टोलीका सदस्य थिए ।